पूर्वराजा ज्ञानेन्द्रसँग कुन मुद्दामा सहकार्य गर्ने : महासचिव गुरुङको प्रश्न
पोखरा- नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पूर्वाराजा ज्ञानेन्द्र शाहको विज्ञप्ति औचित्यपूर्ण नभएको बताएका छन् । प्रेस सेन्टर कास्कीले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव गुरुङले सो कुरा बताएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रसँग कुन मुद्दामा सहकार्य गर्ने देशमा संविधान गणतन्त्र स्थापना भइसकेको छ । लोकतन्त्र र संविधानको रक्षा गर्न सहकार्य हुन्छ उनले भने तर उहाँहरूले संविधान र गणतन्त्र स्वीकार नगरेकाले पूर्वराजा ज्ञानेन्द्रसँग कुनै सहकार्यको औचित्य छैन । सबै राजनीतिक दलहरूले समर्थन गर्न सक्ने व्यक्ति नै राष्ट्रपति हुने गुरुङले बताए ।