Connect with us
Kapilvast Forest

कृषक अघिअघि अनुसन्धान पछिपछि

२०७९, ८ फाल्गुन सोमबारमा प्रकाशित

धनकुटा- एभोकाडोको व्यावसायिक खेती सुरु भएको करिब एक दशक बितेको छ । २०२८ सालमा कृषि अनुसन्धान केन्द्र पाख्रिबास स्थापना गर्न अध्ययनका लागि आएको बेलायती टोलीले लिएर आएको एभोकाडो धनकुटा हुँदै नेपालका अन्य जिल्लामा पनि भित्रिएको हो ।

लामो समयसम्म यसको व्यावसायिक खेती हुन सकेन । धनकुटालगायत केही पहाडी जिल्लामा एक दशकयता भने यसको व्यावसायिक खेती हुँदै आएको छ । खेती बढ्दै जाँदा विभिन्न रोग कीराको समेत समस्या देखिन थालेको छ । तर यस विषयमा सरकारी निकायबाट कुनै अध्ययन र अनुसन्धान भएको पाइँदैन ।

सरकारको आधिकारिक निकायले अनुसन्धान गरेर उपयुक्त ठहर गरेपछि मात्र खेतीका लागि राम्रो मानिन्छ तर नेपालमा केहीबाहेक अधिकांश फलफूल पहिले कृषकले उत्पादन सुरु गर्छन् अनि मात्र सरकारी निकायले अनुसन्धान सुरु गर्ने गरेको पाइएको छ ।

पूर्वी पहाडमा अमिलो जातको फलफूलको खेती सुरु भएको दशकौँ बितेको छ । सरकारी अनुसन्धान र सिफारिसबिना नै स्थानीय जातका कागती, जुनार र सुन्तलाको खेती हुँदै आएको थियो ।

उत्पादनको लामो समय बितेपछि गत वर्ष मात्र धनकुटास्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेले दुई सुन्तला र दुई कागती उन्मोचन गर्न सफल भयो । अमिलो जातका अन्य धेरै आगन्तुक जात अनुसन्धानकै क्रममा छन्, जुन कृषकका बारीमा भने फल्न थालिसकेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu