पूर्वसूचना दिएरै सन्दीपसँग हाम्रा खेलाडीले हात नमिलाएका हुन् : स्कटल्याण्ड क्रिकेट
काठमाडौं- स्कटल्याण्डका खेलाडीहरुले पूर्व जानकारी दिएरै नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग हात नमिलाएको खुलेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलपछि स्कटल्याण्डका खेलाडीहरुले लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका थिए ।
स्कटिस खेलाडी तथा अफिसियलहरुले लामिछाने बाहेक अरु खेलाडीसँग हात मिलाएका थिए । लामिछानेतिर चाहिँ हेर्दै हेरेनन् सिधै प्रशिक्षक मोन्टी देशाइसँग हात मिलाए ।स्कटल्याण्ड क्रिकेटका सञ्चार प्रमुख चार्ल्स पिटरसनले खेल सुरु हुनुअगावै नेपाल क्रिकेट एसोसिएसन र लामिछानेलाई यसबारे जानकारी गराइएको बताए ।
शुक्रबारको घटनाबारे अनलाइनखबरसँग इमेलमार्फत सम्वाद गरेका गरेका उनले भने खेल हुनुभन्दा केही दिनअघि नै नेपाल क्रिकेट संघ क्यान र सन्दीप दुवैलाई टिम स्कटल्याण्डको तर्फबाट यसबारे जानकारी गराइएको थियो ।