Connect with us
Kapilvast Forest

जंगली हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु

२०७९, ९ फाल्गुन मंगलवारमा प्रकाशित

हेटौंडा-मकवानपुरको मनहरी गाउँपालिकाको मसिनेमा जंगली हात्तीको आक्रमणमा परी घाइते महिलाको मृत्यु भएको छ । सोमबार बिहान करेसाबारीमा काम गर्दै गरेकी मनहरी गाउँपालिका–४, मसिनेकी ६४ वर्षीया राधा अधिकारी हात्तीको आक्रमणबाट घाइते भएकी थिइन् ।

अधिकारीको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । आक्रमणपछि गम्भीर घाइते अधिकारीलाई चुरेहिल अस्पताल हेटौंडा ल्याइएको थियो ।

अस्पतालले थप उपचारका लागि दिउँसो चितवन रेफर गरेको थियो । हात्तीको आक्रमणपछि आक्रोशित बनेका स्थानीय बासिन्दाले मनहरी–३ मा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा तोडफोड र आगजनी गरेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu