मायादेवीको हरनामपुरमा १५ शय्याको अस्पताल बन्दै
कपिलवस्तु – जिल्लाको मायादेवी पालिकामा १५ शय्याका अस्पताल निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ। गाउँपालिकाले १५ शय्याका अस्पताल बनाउने कामलाई तीव्र गतिमा अगाडि बढाएका छ ।डेढ वर्षअघि नै सुरु भएको अस्पताल निर्माणको कामले यो वर्षदेखि गति लिएको पालिकाले जनाएका छ ।
गाउँपालिकाको ७ नम्बर वडा हरनामपुरमा पालिकास्तरीय अस्पताल बन्दै गरेको छ । गाउँपालिकाको हरनामपुरमा निर्माणाधीन अस्पतालको भवन निर्माणतर्फ ७० प्रतिशत काम सम्पन्न भएको पालिकाले जनाएको छ।
२०७८ साल देखि निर्माण कार्य सुरु भएको भवनको ७० प्रतिशत काम सम्पन्न भएको पालिकाका अध्यक्ष वलिउद्दिन खानले जानकारी दिनुभयो। २०८० सालमा सम्पन्न गर्ने गरी अस्पतालको भवन निर्माण गर्न १३ करोड ४६लाखको लागतमा कमल जित अकृती पन्त जेभी कुपोन्डोल ललितपुर प्रालिसँग सम्झौता भएको थियो ।
सो सम्झौतापछि पूर्वाधार निर्माणको काम द्रुत गतिमा अगाडि बढेको इन्जिनियर सुनिल आचार्यले बताउनुभयो। १५ शय्याको अस्पताल निर्माण भएपछि विकट क्षेत्रका नागरिकले सर्वसुलभ रूपमा आधारभूत स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।