Connect with us
Kapilvast Forest

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकमा कांग्रेसले विषय विज्ञसँग परामर्श गर्दै

२०७९, १२ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं-नेपाली कांग्रेसले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमा विषय विज्ञहरुसँग परामर्श गर्ने भएको छ । आज बिहान ११ बजेदेखि संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेसले विज्ञहरुसँग छलफल कार्यक्रम आयोजना गरेको हो ।

सर्वोच्च बार एसोसिएसनका सदस्य रेशम रेग्मी, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराई, नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरी नेपाल, पूर्व कानुनमन्त्री एवम् नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेल, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी लगायतलाई कांग्रेसले छलफलका लागि बोलाएको छ । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गर्नेछन् ।

गत बुधबारको संसद बैठकमा कानुनमन्त्री ध्रुवबहादुर प्रधानले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक पेश गरेका थिए ।

यो विधेयक संघीय संसदबाट पारित भई कानुनको रुप लिएमा सम्पत्ति सुदृढीकरण सम्बन्धी नेपालको कानूनको व्यवस्था अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम हुने, नेपाल कालो सूचीमा पर्नबाट जोगिने र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर तथा सम्बद्ध कसुरमा प्रभावकारी रुपमा कारबाही चलाउन सकिने सरकारको विश्वास छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu