Connect with us
Kapilvast Forest

धार्मिक स्थलमा निशुल्क खानेपानीको व्यवस्थापन गर्न माग

२०७९, १२ फाल्गुन शुक्रबारमा प्रकाशित

कपिलवस्तु-

लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले खानेपानी मन्त्री अब्दुल खानलाई भेटेर मदरसा व्यवस्थापन तथा धार्मिक स्थल हरूमा निशुल्क खानेपानीको व्यवस्थापन गर्न ज्ञापन पत्र दिएका छन् ।

नेपाल भित्र रहेका धार्मिक स्थलहरु मन्दिर, मस्जिद, गुम्बा, विहार, चर्च, गुरूद्वारा लगायत अन्य धार्मिक स्थल हरुमा निशुल्क खानेपानीको व्यवस्थापन हुनुपर्ने माग गरेको छन ।
मदरसा मस्जिदहरूमा खानेपानीको राम्रो व्यवस्था नभएका स्थानमा खानेपानी मन्त्रालयले अनुगमन गरि निशुल्क खानेपानीको व्यवस्था मिलाउन ज्ञापन पत्र दिइएको जानकारी उपाध्यक्ष मौलाना मशहूदले दिनुभयो ।

राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले मन्त्री खानसंग मदरसामा पढाउने शिक्षक लाई प्रक्रिया पुर्याई दरबन्दी स्थापना गरि स्वत स्थायी गर्नु पर्ने तथा नेपाल सरकारले मदरसामा दिदै आएको बार्षिक अनुदान रकम दुइ लाख एक्चालिस हजार बाट बढाएर दश लाख दिनुपर्ने कुरा आफ्नो तवरले समस्या समाधान गर्न अनुरोध गर्नुभयो ।

खानेपानी मंत्री खानले आफू खानेपानीको समस्या प्रति गम्भीर भएर लागिरहेको तथा खानेपानीको समस्या समाधान गर्न आफू हरू सदैव तयार रहेको बतानुभयो ।

उपाध्यक्ष खां सहित राष्ट्रीय मदरसा संघ नेपालका वरिष्ट सल्लाहकार मेघनाथ ढकाल, खतिजुल कुबरा गर्लस कालेजका अध्यापक अब्दुल कयुम, हफिजुल्ला सहितको टोलीले खानेपानी मंत्री खान लाई ध्यानाकर्षण गराएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu