संबाद एक अनुभव नामक पुस्तक बिमोचन
कपिलवस्तु-
अन्तर्राष्ट्रिय मातु भाषा दिवसको अवसरमा कपिलवस्तुमा संबाद एक अनुभव नामक पुस्तक बिमोचन गरिएको छ । कपिलवस्तुको तौलिहवा स्थित आफनै निवासमा आयोजित कार्यक्रममा बरिष्ठ साहित्यकार हरिराज शर्माले बुद्धुभुमी नगरपालिका– १० युवराज गुप्ता बैरागीद्धारा रचित पुस्तकको बिमोचन गरेका हुन ।
अवधी भाषी गुप्ताले संगालेका अनुभवहरु नेपाली भाषामा सो पुस्तक प्रकाशित गरेका हुन । सो अवसरमा बरिष्ठ साहित्यकार शर्माले बैरागीले मिहीनेतका साथ पुस्तक प्रकाशित गरकोमा धन्यबाद दिदै यसले जिल्लाकै साहित्य विकासमा मद्दत मिल्ने बताए ।
उनले केही बर्ष यता साहित्य तर्फ समते युवा जमातको रुची बढदै गएको प्रति खुशी समेत ब्यक्त गरे । सो अवसरमा एक दर्जन बढी साहित्यकारले आ आफना रचना प्रस्तुत गरेका थिए ।
सो अवसरमा अवधी साहित्यकार पशुपतिमणि त्रिपाठी, सकुन्तला पौडेल, ईन्दिरा देवकोटा, बालगोबिन्द त्रिपाठी, श्याम प्रसाद लाल श्रीवास्तव, रामरतन गुप्ता लगायतले शुभकामना मन्तब्य दिएका थिए ।