Connect with us
Kapilvast Forest

मन्त्रालयमा हाजिर भएका विश्वकर्मा नगरपालिकामा किन आए ?

२०७९, १७ फाल्गुन बुधबारमा प्रकाशित

कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिकाको कार्यालयबाट सरुवा भइसकेका कर्मचारी पुनः पालिकामा कार्यसम्पादन गरेको भन्दै स्थानीयले विरोध गरेका छन ।

नगरपालिकाको शिक्षा शाखामा कार्यरत  पूर्णबहादुर विश्वकर्मा बढुवा भइ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हाजिर हुनुभएको थियो । विश्वकर्मा बढुवा भइ फागुन ११ गते शिवराज नगरपालिकाबाट मन्त्रालयमा हाजिर भएका थिए ।

मन्त्रालयमा हाजिर भएका विश्वकर्मा एकाएक शिवराज नगरपालिकामा पहिले जस्तै कार्यसम्पादन गरे पछि उनको चौतर्फी विरोध भएको छ । विश्वकर्माले नगरपालिकाको शिक्षा शाखामा रहेको कुर्सीमा बसेर नगरका केही प्रधानाध्यापकहरुसग छलफल समेत गरेका थिए ।

शिवराज नगरपालिकाका हरि पोखरेलले आफ्नो समाजिक सन्जाल फेसबुकमा “हैन यो शिराज पालिकामा के हुदै छ सरुवा भै गएका कर्मचारि साथि दिनहु कार्यालय धाउने के का लागि र कस्का लागि हो? कि हिसाब नमिलेर हो ?भनेर लेख्नु भएको छ ।

समाजसेवी पोख्रेलले त्यस्ता साथिहरु माथि शिवराज बासिले निगरानि सुरु गरेका छन है हेक्का रहोस । अहिले यो समयमा उहि कुर्चिमा बसि बैठक गरिरनुको अर्थ के हो ?” भनेर लेख्नु भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (बढुवा व्यवस्थापन शाखा) को च.नं. ३८१ मिति २०७९।११।११ को सिफारिस तथा मन्त्रालयको मिति २०७९।११।११ को निर्णयानुसार शाखा अधिकृतको रुपमा कार्यरत रहेका विश्वकर्मा बढुवा भइ उपसचिव भएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu