कात्तिक १३ गते सार्वजनिक बिदा
काठमाडौं । कात्तिक १३ गते बुधबार सरकारले सार्वजनिक बिदा दिएको छ । तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक बिदा दिएको हो ।
नेवार समुदायले १३ गते सार्वजनिक बिदा माग गरेपछि सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
पाञ्चांग निर्णायक समितिले भने १२ गते भाइटीका पर्ने निर्णय गरिसकेको छ ।