Connect with us
Kapilvast Forest

अटो दुर्घटनामा वृद्धको मृत्यु

२०७९, २५ फाल्गुन बिहीबारमा प्रकाशित

धनगढी- कैलालीको धनगढीमा अटो दुर्घटनामा परी एक वृद्धको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका–३ मिलन चोकस्थित छ लेन सडकमा अटो दुर्घटना हुँदा त्यसमा सवार गौरीगङ्गा नगरपालिका–४ का ८५ वर्षीय तिलानन्द जोशीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान धनगढीबाट कञ्चनपुरतर्फ जाने क्रममा से १ ह २६३९ नम्बरको अटो अनियन्त्रित भएर पल्टिएको थियो । अटो पल्टिएपछि त्यसमा सवार जोशी घाइते हुनुभएको थियो ।

धनगढीकै माया मेट्रो अस्पतालमा उपचारको क्रममा उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो । अटोसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu