Connect with us
Kapilvast Forest

पूर्वाधारमा फड्को मार्दै : डडेल्धुरा

२०७९, २६ फाल्गुन शुक्रबारमा प्रकाशित

डडेल्धुरा- सुदूरपश्चिम प्रदेशको मध्यपहाडी जिल्ला डडेल्धुराको पूर्वमा डोटी र कैलाली जिल्ला पश्चिममा नेपाल–भारतको सीमा नदी महाकाली उत्तरमा बैतडी जिल्ला र दक्षिणमा कञ्चनपुर जिल्ला रहेको छ। एक लाख ५३ हजार आठ सय हेक्टर क्षेत्रफलको डडेल्धुरालाई एक लाख १४ हजार ७३६ हेक्टर अर्थात् ७५.८८ प्रतिशत वनजङ्गलले ढाकेको छ।

डडेल्धुरामा कृषियोग्य जमिन ११ हजार ६१६.८ हेक्टर छ। यद्यपि खेती गरिएको जमिन १० हजार ६६७.६ हेक्टर छ । कृषि ज्ञान केन्द्रद्वारा आर्थिक वर्ष २०७८/७९ मा प्रकाशित वार्षिक प्रगति तथा तथ्याङ्क पुस्तिकामा उल्लेख गरिएअनुसार चरन क्षेत्र तीन हजार ३९८ हेक्टर अन्य बस्ती खोला नाला बाटोको क्षेत्रफल २४ हजार ४९.२ हेक्टर सिञ्चित क्षेत्रफल चार हजार ८९७ हेक्टर र असिञ्चित क्षेत्रफल पाँच हजार ७७०.६ हेक्टर रहेको छ।

५३८ दशमलव ९५ वर्ग किलोमिटर क्षेत्रफल रहेको डडेल्धुरा समुद्री सतहबाट ४३२ मिटरदेखि दुई हजार ६३९ मिटरसम्मको उचाइमा छ। उष्ण समशीतोष्ण र शीतोष्ण हावापानी रहेको डडेल्धुराको औसत तापक्रम अधिकतम ३२ डिग्री सेन्टिग्रेट र न्यूनतम तीन डिग्री सेन्टिग्रेट रहेको छ । डडेल्धुरामा वार्षिक रूपमा औसत वर्षा एक हजार ३४३ मिलिमिटर हुने गरेको छ ।

एक मात्रै संसदीय निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेशतर्फ दुईवटा निर्वाचन क्षेत्र रहेका छन्। दुई नगरपालिका र पाँचवटा गाउँपालिका गरी सातवटा स्थानीय तह छन्। २०७८ सालको मतगणनाको प्रारम्भिक तथ्याङ्कअनुसार कुल जनसङ्ख्या एक लाख ३९ हजार ४२० रहेको छ। यसमा महिलाको सङ्ख्या ७३ हजार ४९० र पुरुषको सङ्ख्या ६५ हजार ९३० रहेको छ। जम्मा परिवार सङ्ख्या ३१ हजार ६०८ रहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu