नेविसंघ काठमाडौँको अध्यक्षमा डङ्गोल
काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसं)ले काठमाडौँ जिल्लाको अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिएको छ ।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसंघको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि शनिबार डङ्गोललाई जिम्मेवारी प्रदान गरेका थिए । डङ्गोल काठमाडौँ महानगर २६ सामाखुशीका स्थायी बासिन्दा हुन् ।
अध्यक्ष शेर्पाले नेविसंघ काठमाडौँको रिक्त अध्यक्ष पदमा संघको विधान २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी डङ्गोललाई अध्यक्षको जिम्मेवारी दिए ।
नेविसंघको विधि, विधान र मर्यादाभित्र रहेर संघलाई गतिशील बनाउने विश्वास संघले लिएको छ ।