घाँटी रेटिएको अवस्थामा पुरुष मृत फेला
सुर्खेत- घाँटी रेटिएको अवस्थामा सुर्खेतमा एक पुरुषको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका १० बुदबुदेमा हिजो मङ्गलबार अपराह्न ५ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले मृत भेटिएका पुरुष विनपा १० दीपनगर बस्ने वर्ष ४१ को ध्रुवजङ्ग शाही भएको बताउनुभयो । प्रहरीलाई परिवारले दिएको बयान अनुसार मृतक शाही यस अघि गाडी चलाउनुुुहुन्थ्यो भने केही दिन अघि विदेश जाने तयारीमा हुनुहुन्थ्यो ।