Connect with us
Kapilvast Forest

देउसीभैलो : पैसा असुल्ने माध्यम

२०७६, १० कार्तिक आईतवारमा प्रकाशित

तिहारको आकर्षणमध्येको एक मानिएको देउसीभैलो आजकल आशिष दिने, मनोरञ्जन लिने र साथीभाइसँग रमाउने माध्यम नभई पैसा असुल्ने माध्यम बन्दै गएको आरोप लाग्न थालेको छ ।

केही सामाजिक सङ्घसंस्था र व्यक्तिले मेमोरीमा रेकर्ड गरिएका गीतको सहयोग लिइ बेतालको नृत्य डान्स देखाउँदै देउसीभैलोलाई पैसा असुल्ने माध्यम बनाइरहेका स्थानीय व्यापारीले बताएका छन् ।

हुन पनि आजकल गाइने देउसीभैलो र देखाइने नृत्यमा कुनै पनि मौलिकता देखिँदैन । अधिकांश भैली समूहले हिन्दी र नेपाली चलचित्रका गीत एवं एल्बममा राखिएका देउसीभैलो गीतमा नाच्ने गरेका छन् ।

न उनीहरुले मादल बोकेका हुन्छन् न मुरली र खैजडी नै । ठूलाठूला साउन्डबक्समा गीत घन्काउँदै हल्ला गर्दै देउसीभैलो समूहहरु हिँडेका देखिएका छन् ।

यस्तै हो भने केही वर्षपछि लोकबाजा र भैलीको मोलिकता हराउने निश्चित छ । त्यस्तै बेनीका ज्येष्ठ नागरिक डम्मरबहादुर कार्कीले देउसीभैलो खेल्दा सबैले

लोकगीत आफैँले गाउने, मुरली, मादल, खैजडी, झ्याली, टयाम्कोलगायतका मौलिक बाजा बजाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब ती सबै कुरा एकादेशका कथामा परिणत भए, तिहारको मौलिकता हराउँदै गयो, आयातीत संस्कृतिले फस्टाउने मौका पायो ।”

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu