नेपालगञ्ज पौडी पोखरी सर्वसाधारणका लागि खुला
नेपालगञ्ज- नेपालगञ्जको रङ्गशालास्थित नेपालकै दोस्रो ठूलो पौडी पोखरी स्विमिंग पुल सर्वसाधारणका लागि खुला गरिएको छ । गत वर्ष वर्षा सुरु भएपछि बन्द गरिएको पौडी पोखरीलाई सरसफाई गरी खेलाडी र सर्वसाधारणका लागि खुला गरिएको मध्येपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिनुभयो ।
उहाँले निर्धारण गरिएको शुल्क तिरेर जो सुकैले पनि पाैडी खेल्न पाउने गरी पौडी पोखरी सञ्चालनमा ल्याइएको बताए । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको सो पौडी पोखरी सरकारले निर्माण गरेको काठमाडौं पछिको दोस्रो ठूलो हो ।