Connect with us
Kapilvast Forest

हिमपातपछि सुन्दर देखियो खोप्रालेक : फोटोफिचर

२०७९, ५ चैत्र आईतवारमा प्रकाशित

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीय स्थल खोप्रालेकमा हिमपात भएपछि सुन्दर देखिएको छ । यतिखेर खोप्रालेक वरपर फुरुफुरु हिँउ परिरहेको छ । यसपटक ढिलो गरी हिमपात भएको हो ।

समुन्द्री सतहदेखि तिनहजार ६ सय साठी मिटरको उचाईमा रहेको आकर्षक पर्यटकीय गन्तव्य खोप्रालेकबाट धौलागिरि गुर्जा चुरेन निलगिरि अन्नपूर्ण लगायतका हिमालहरु आँखै अगाडि देख्न सकिन्छ ।

अघिल्ला वर्षहरुमा पुस माघ महिनामा हिमपात हुने गरेकोमा यस वर्ष चैत लागेपछि मात्र हिमपात भएको छ । हिमपातका कारण हिमाल र वरपरका डाँडाहरु सुन्दर देखिएका छन् ।

एकहप्ता अघि हिमालको टुप्पोमा मात्र हिउँ देखिने थियो खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजाले भन्नुभयो,‘अहिले दैनिक जसो यहाँ हिमपात हुनेगरेको छ । हिमपातका कारण हिमालहरु सुन्दर देखिन थालेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu