Connect with us
Kapilvast Forest

निङ्लासैनीको हिङ्लो फेरियो

२०७९, ९ चैत्र बिहीबारमा प्रकाशित

बैतडी- चैतेदशैँका अवसरमा बैतडीको प्रसिद्ध निङ्लासैनी भगवती मन्दिरको हिङ्लो परम्परागत पिङ फेरिएको छ। मन्दिरको पुरानो हिङ्लोको काठ जीर्ण भएपछि स्थानी द्वारसल्लाको नयाँ हिङ्लो निर्माण गरी नवरात्रिका अवसरमा पुनःस्थापना गरिएको हो।

बैतडीका भगवती मन्दिरमा १४औँ शताब्दीदेखि मन्दिर परिसरमा हिङ्लो राख्ने परसम्पारा सुरु भएको मानिन्छ। बैतडीको प्रसिद्ध निङ्लासैनी भगवतीa त्रिपुरासुन्दरी, मेलौली, डिलासैनी, कफलासैनी मन्दिरमा हिङ्लो रहेका छन्। यहाँ दशैँका बेला मन्दिरमा लाग्ने मेलापर्वमा हिङ्लोमा पिङ खेल्ने चलन रहेको छ।

दुईतिर काठको खाँबोमा फलामको सिक्री झुन्ड्याएर मन्दिर परिसरमा पिङ खेल्ने चलन रहिआएको छ। बैतडीमै रहेका फलाम खानीबाट स्थानीय लोहार जातिका कालीगढले फलाम उत्खनन गरेर नौदेखि ११ फिटसम्म लामो फलामको सिक्री बनाएर हिङ्लो निर्माण हुन्छ।

निङ्लासैनी मन्दिरको प्राङ्गणमा रहेको हिङ्लो जीर्ण भएकाले नयाँ फेरिएको स्थानीय युवा अमर टेरले बताउनुभयो। दशरथचन्द मार्गको छेउमै रहेको निङ्लासैनी मन्दिर बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाडाैँमा अवस्थित छ। यो मन्दिरमा दशैँको अष्टमी र चैतेदशैँमा राँगा बोकाको बलि दिने चलन छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu