Connect with us
Kapilvast Forest

स्वास्थ्य स्वयंसेविकालाई मोबाइल

२०७९, ९ चैत्र बिहीबारमा प्रकाशित

जुम्ला- तातोपानी गाउँपालिकाले सूचना प्रवाह गर्न सजिलोका लागि महिला स्वास्थ्य स्वंसेविकालाई मोबाइल वितरण गरेको छ। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंका अनुसार सूचना प्रवाह प्रभावकारी बनाउन मोबाइल सेट वितरण गरिएको हो।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले हाल २६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गर्नुभयो। गाउँपालिकामा जम्मा ६७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नै मोबाइल वितरण गरिने कार्यक्रम रहेको बताइन्छ।

स्वास्थ्य संयोजक चौलागाईंका अनुसार अहिले तातोपानी गाउँपालिकाले मासिक पाँच सय खाना, खाजा, यातायातका लागि सहयोग गर्दै आएको र सङ्घीय सरकारले बर्सेनि पोसाकसहित २२ हजार रुपियाँ उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो।

महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य क्षेत्रमा काम गर्ने क्रममा रिपोर्टिङ गर्न तथा सूचना आदानप्रदान गर्न गाउँपालिकाकै नाममा सिम निकालेर प्रदान गरिएको हो। स्वयंसेविका काली शाहीले गाउँपालिकाले यो सेवा दिएकोमा धन्यवाद दिँदै अन्य व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu