Connect with us
Kapilvast Forest

सडक कालोपत्रे पुल अलपत्र

२०७९, ९ चैत्र बिहीबारमा प्रकाशित

बैतडी- बैतडीको सतबाँझ–श्रीभावर–हाट हुँदै दार्चुला सडक कालोपत्रे सुरु भए पनि हाटस्थित जमाडी नदीको चार करोडको पुल तीन वर्षदेखि अलपत्र परेको छ। प्रदेश गौरवको आयोजनाका रूपमा सो सडक निर्माण तथा कालोपत्रे हुँदै छ।

सो सडकखण्डको पुरचौँडी नगरपालिका–१ खडिखेतनजिकै जमाडी नदीमा निर्माण भइरहेको पुलको करिब डेढ करोड भुक्तानी भइसके पनि पुल निर्माण भने अलपत्र परेको छ। यो सडकखण्डको रिगा पत्थरकोटमा पर्ने अर्को पुलका विषयमा ठेक्का नै आह्वान हुन सकेको छैन।

आर्थिक वर्ष २०७६/७७ मा जगदम्बा कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो। भुक्तानी लिएर ठेकेदारले पुल निर्माण नगरेपछि अघि–अघि पुल अलपत्र पछि–पछि कालोपत्रे सडक बन्न थालेको छ। यो प्रदेश गौरवको सडक रूपमा रहेको सतबाँझदेखि साढे छ किलोमिटर र श्रीभावरदेखि हाटखण्डमा साढे आठ किलोमिटर कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भएर काम भइरहेको छ।

स्थानीयवासी केपी बडूका अनुसार सङ्घीय सरकारको ससर्त अनुदानमा चार करोड ७० लाख रुपियाँको लागतमा पूर्वाधार विकास कार्यालय बैतडीले हेर्ने गरी निर्माण भइरहेको पुल अलपत्र छ। गत असारमै सम्पन्न हुनुपर्ने पुल निर्माणको काम अलपत्र परे पनि पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीको दुई पटक ठेक्काको म्याद थपिसकेको छ।

चन्द्रा एन्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेर काम गरिरहेको पूर्वाधार विकास कार्यालय बैतडीले जानकारी दिएको छ। गौरव आयोजनाको सडक चौडा गर्दै कालोपत्रेको ठेक्का पाएका ठेकेदारले धमाधम कालोपत्रेको काम गरिरहे पनि पुल निर्माण गर्ने ठेकेदारले भने काम सम्पन्न गर्ने सुरसार देखाएका छैनन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu