Connect with us
Kapilvast Forest

बलात्कार पीडित : मुद्दा जिते पनि पाउँदैनन् न्याय

२०७९, १० चैत्र शुक्रबारमा प्रकाशित

दाङ- रोल्पाकी एकजना १३ वर्षीया बालिकाको पेट अस्वाभाविक रूपमा बढ्न थालेपछि विद्यालयका शिक्षक–शिक्षिका आश्चर्यमा परे । तैपनि बालिका विद्यालय आउन छोडिनन् । एकदिन बालिका चक्कर लागेर स्कुलकै चौरमा ढलिन् । अस्पताल पुर्‍याएपछि थाहा भयो ती बालिका ९ महिनाकी गर्भवती रहिछन् ।

पेटमा बसेको गर्भबारे सोधपुछ गर्दा बालिकाले आफू काकाबाट बलात्कृत भएको कहालीलाग्दो घटना सुनाइन् । एक महिनापछि बालिकाले बच्चा जन्माइन् । त्यसपछि पीडित परिवारले बालिकामाथि करणी गर्ने काका विरुद्ध २०७७ साल साउन प्रहरीमा जाहेरी दिए ।

प्रहरीले अनुसन्धानपछि मुद्दा चलायो जिल्ला अदालत रोल्पाले २०७७ सालमै पीडक काकालाई २० वर्ष कैद हुने फैसला गर्‍यो । आफूमाथि अन्याय गर्ने काकालाई जेल सजाय भएपछि बालिकाले कानुनी रूपमा मुद्दा जितिन् ।

काका जेल परे तर छरछिमेकी र आफन्तहरूले यसलाई राम्रो मानेनन् काकालाई जेल हालेको भन्दै छरछिमेक र आफन्तले उल्टै उनीमाथि लाञ्छना लगाए यसमा गाउँले पनि मिसिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu