माटोका छाना हटेको छिप्रा बस्ती
हुम्ला- खार्पुनाथ गाउँपालिका –४ को छिप्रा बस्तीमा माटोका छाना विस्थापित भएको छ । एकीकृत बस्ती विकास कार्यक्रमले माटोका छाना विस्थापित गर्न न्यून आयस्रोत भएका घरधुरीको जस्तापाता छाएको घर निर्माण गरेपछि उक्त गाउँको स्वरूप नै फेरिएको हो ।
सात महिनामा उहाँले दुई तले छ कोठे जस्तापाता छाएको घर शौचालय निर्माण गरेर सर्नु भएको हो । सोही गाउँका अर्का एकीकृत बस्ती विकास कार्यक्रमबाट नयाँ घर निर्माण गर्नु भएका जगत सिंहले जस्तापाता छाएको घर आफूले कहिल्यै निर्माण गर्न सक्ने अवस्था नरहेको बताउँदै गाउँ गाउँमा सरकार पुग्दा नयाँ जस्तापाता छाएको घर निर्माण सम्भव भएको बताउनुभयो ।
कार्यक्रमबाट नयाँ घर निर्माण गरेर सर्नु भएका दानसिंह रावलले माटोको छाना छाएको घरमा बस्नु पर्ने बाध्यताबाट छुटकारा मिलेको बताउनुभयो । यसबाट उहाँले बर्खा याममा पानी पर्दा घर चुहिने समस्या र हिउँदमा माटोले छापेको घरमा जमेको हिउँ फाल्ने कार्यबाट मुक्ति मिलेको बताउनुभयो ।