मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिने
सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाको विश्वासको मत स्पष्ट पार्नुहुने भएको छ । मुख्यमन्त्री भइसकेपछि उहाँले चैत १७ गते दोस्रो पटक विश्वासका मत लिनुहुने भएको हो ।
गएको पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुँदा समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिनुपरेको हो । कर्णाली प्रदेश सभामा एक मात्र सांसद रहेको राप्रपाले केन्द्रको सत्ता समीकरण फेरिएपछि फागुन १८ गते समर्थन फिर्ता लिएको थियो ।