मन्त्रिपरिषद् विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छु : प्रधानमन्त्री
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा कहिल्यै नमर्ने प्रतिवद्धताका साथ केही ठूला र नयाँ काम गर्ने योजना आफूले बनाइरहेको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभयो ।
आफूले सरकारको नेतृत्व लिएपछि सुशासन सामाजिक न्याय विकास निर्माण र समृद्धिको दृष्टिकोणले केही नयाँ खालको रेकर्ड बनाउने कामको सूरुवात गरेको दाबी गर्नुहुँदै उहाँले अब इतिहासमा कहिल्यै नमर्ने खालको काम गर्ने योजनामा लागेको जानकारी दिनुभयो ।