Connect with us
Kapilvast Forest

घर भत्केपछि ओडारमा बास

२०७९, २२ चैत्र बुधबारमा प्रकाशित

बाजुरा- बाजुराको जगन्नाथ गाउँपालिका ५ गोत्रीका रूपधन सार्कीको परिवार विगत सात महिनादेखि ओडारमा बस्दै आएको छ। बस्ने घर भत्किएपछि सात जनाको परिवार ओडारमा बास बस्न बाध्य भएको हो।

जगन्नाथ गाउँपालिकाले निर्माण गरेको देवलकोट सडक खण्डबाट आएको पहिरोले गत असोज ९ गते घर भत्किएपछि उहाँको परिवारको विचल्ली भएको छ। सडकको तल र माथिबाट झरेको पहिरोले सार्कीको घर भत्किएको स्थानीय निराजन सार्कीले जानकारी दिनुभयो ।

पुर्खौँदेखिको घर पहिरोका कारण भत्किएको र अर्काे कुनै बस्ने व्यवस्था नभएपछि सार्की परिवार ढुग्रीगाड ओडारमा बस्दै आएका छन्। रूपधनले ज्याला मजदुरीबाट परिवारको गर्जाे टार्ने गरेको बताउँदै आर्थिक अवस्था कमजोर भएकाले घर निर्माण गर्न नसकेको दुःखेसो गर्नुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj