Connect with us
Kapilvast Forest

सप्तरीमा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु

२०७९, २६ चैत्र आईतवारमा प्रकाशित

जनकपुरधाम- सप्तरीमा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु भएको छ । बोदेबर्साइन नगरपालिका-६ खामगडाका ५५ वषर्ीय छठु महतोको ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो ।

ज्वाइँको कुटपिटबाट नाक मुख टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएका उनलाई स्थानीय जीवन ज्योति अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागि धरान लगिएको थियो ।

सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहका अनुसार गत पुस ११ गते घरायसी विवादमा बोदेबर्साइन नगरपालिका-७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गर्दा ससुरा छठु गम्भीर घाइते भएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu