Connect with us
Kapilvast Forest

भरुवा बन्दुकसहित एक जना पक्राउ

२०७९, २७ चैत्र सोमबारमा प्रकाशित

घोराही- दाङमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती अन्दाजी साढे १२ बजे गढवा गाउँपालिका वडा नं. ८ डाँडागाउँबाट हतियारसहित मानसिंह सुनारलाई पक्राउ गरेको हो ।

गाउँमा केही व्यक्तिहरू हातहतियारसहित शङ्कास्पद रूपमा हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवा र इलाका प्रहरी कार्यालय कोईलाबासबाट खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो । नलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu