अर्थतन्त्रको तत्कालीन समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री भए लगत्तैदेखि सरकार नेपाल राष्ट्र बैंक र निजी क्षेत्र बीच घनिभूत छलफल थालेको र अब त्यसले निकास पाउने बेला आएकाे प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
लगानीकाे वातावरण, ब्याजदर नियन्त्रण तथा अर्थतन्त्रमा सकारात्मक पहलका लागि सरकार गम्भीर रहेको पनि उनले बताए ।