Connect with us
Kapilvast Forest

युवक मृत्यु प्रकरण चार दिनदेखि अछाम र बाजुराका यातायात बन्द

२०७९, २८ चैत्र मंगलवारमा प्रकाशित

अछाम- बसको ठक्करबाट घाइते भई उपचारको क्रममा निधन भएपछि अछाम र बाजुरामा सवारी साधन ठप्प भएका छन् । साँफेबगर नगरपालिका –३ का हेमराज कुँवरको बसको ठक्करबाट उपचारको क्रममा काठमाडौंमा निधन भएपछि साँफेबगर क्षेत्र भएर जाने छोटो तथा लामो दुरीका सवारी शनिबारबाट चल्न सकेको छैन ।

अछाम र बाजुराका विभिन्न स्थानबाट साँफेबगर भएर कैलालीको धनगढी, अत्तरिया टीकापुर, लम्की, नेपालगञ्ज, कञ्चनपुरको महेन्द्रनगर लगायतका स्थानमा जाने सवारी साधन बन्द भएका छन् भने तराईबाट अछाम र बाजुरा आउने लामो दुरीका सवारी साधन पनि चार दिनदेखि बन्द अवस्थामा रहेका छन् ।

कार्यालय प्रशासकीय अधिकृत मिनराज आचार्यले बस व्यवसायी र मृतकका आफन्तबीच छलफलका लागि समन्वय भइरहेको जानकारी दिनुभयो । बस व्यवसायी समितिका प्रतिनिधिलाई अछाम बोलाएर पीडितसँग छलफलको तयारी भइरहेको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu