स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ शिखर सम्मेलन सुरु
काठमाडौँ- नेपालको स्वास्थ्य क्षेत्रमा भइरहेको अनुसन्धानलाई एकै ठाउँमा ल्याइ स्पष्ट नीति र योजना बनाउन सघाउ पुर्याउने उद्देश्यले आजदेखि राजधानीमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन सुरु भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको सम्मेलनमा पाँच सयभन्दा बढी स्वास्थ्य अनुसन्धानकर्ता वैज्ञानिक तथा अमेरिका स्वीट्जरल्याण्ड भारतलगायत देशका प्रतिनिधिको सहभागिता रहेको छ । नीति र तथ्यपरक योजना निर्माण गर्न अनुसन्धान आवश्यक हुने भन्दै उहाँले अनुसन्धानको नतिजाका आधारमा नीति बनाउनसके मात्र कामयाबी हुने बताउनुभयो ।
परिषद्ले २०७१ सालदेखि स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको राष्ट्रिय शिखर सम्मेलन आयोजना गर्दै आएको सदस्यसचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।योजना आयोगका सदस्य जयकान्त राउतले नसर्ने रोग र महामारी मानव सभ्यताका लागि चुनौती बनिरहेको अवस्थामा परिषद्ले यससम्बन्धी अध्ययन गर्नुपर्ने बताउनुभयो ।