Connect with us
Kapilvast Forest

कृष्णनगर घटनाः अनिश्चित कालीन निषेधाज्ञा जारी, एक जनाको मृत्यु

२०७६, १४ कार्तिक बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी कपिलवस्तु, १४ कार्तिक,

कपिलवस्तुको कृष्णनगरमा लक्ष्मीदेवीको मुुर्ती  विर्सनको क्रममा उपन्न विवाद् बढे पछि उत्पन्न झडपमा प्रहरीको गोली लागि एक युवकको मृत्यु भएको छ ।  यसरी मृत्यु हुनेमा भारत घर भई कृष्णनग बजारमा चिया पसल संचालन गर्दै आएका २० वर्षीय सुरज कुमार पाण्डेय रहेका छन् । सुरजलाई दाहिने आंखामा गोली लागी घटना स्थलमै मृत्यु भएको छ ।

बुधवार सांझबाट उत्पन्न विवाद पछिको झडपको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले विहिवार विहान ११ बजेबाट अर्को आदेश जारी नभए सम्मका लागि कृष्णनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासनले जारी गरेको सुचना अनुसार कृष्णनगर भंसार कार्यालयले देखि ७ सय मीटर उत्तर, पश्चिम तर्फ ७ सय मीटर र पुर्व तर्फ ३ सय मीटर सम्म अर्को आदेश नभए सम्मका लागि
निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताए ।

सुचना गरे लगत्तै कृष्णनगर बजार क्षेत्रमा प्रर्दशनमा रहेका युवाहरु माथि प्रहरीले गोली प्रहार गर्दा पाण्डे उपर गोली लागेको थियो । गोली लागे पछि पाण्डेयको घटना स्थलमै मृत्यु भएको छ । प्रदर्शनमा उत्रिएका युवाहरुले टफिक प्रहरी पोष्टमा आगजनी गरेका छन् ।
प्रदर्शनकारी युवाहरुले प्रहरी माथि ढुंगा मुढा, सीसा तथा बोतल प्रहार गरेका छन् । झडपमा परी करीब आधा दर्जन युवाहरु घाईते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बुधवार राती देखि नै दर्जनौं राउण्ड अश्रु ग्यांस प्रहार गरेको थियो ।

घटनालाई साम्य पार्न प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, नेपाल प्रहरीका प्रमुख दीपशमशेर जबरा, शशस्त्र प्रहरी प्रमुख जनक पुरी लगायतको टोलीदिनभर जसो प्रयासरत भए पनि प्रदर्शनकारीसंग वार्ता र संवाद अघि बढ्न सकेको छैन । गोली लागि एक युवकको मृत्यु भए पछि घटना थप संवेदशीनल बन्दै गएको छ । थप हिंसा भड्कन नदिन नेपाल प्रहरी र शशस्त्र प्रहरीको ठुलो टोली घटना स्थलमा
परिचालन भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu