Connect with us
Kapilvast Forest

झन्डै दुई लाख बाल श्रमिक

२०७९, २९ चैत्र बुधबारमा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशमा एक लाख ७१ हजार बाल श्रमिक रहेका पाइएको छ। श्रमिक बालबालिकाको उमेर पाँचदेखि १७ वर्ष छ। केन्द्रीय तथ्याङ्क विभागको राष्ट्रिय बाल श्रम प्रतिवेदन २०२१ अनुसार पाँचदेखि १३ वर्ष उमेर समूहका एक लाख ५३ र १४ देखि १७ वर्ष उमेर समूहका १८ हजार बाल श्रमिक छन्।

पछिल्ला वर्षमा माध्यमिक तहसम्मको शैक्षिक अवसर, वैकल्पिक हेरचाहको उचित व्यवस्था अनौपचारिक श्रमको पञ्जीकरण, सामाजिक सुरक्षा, प्राविधिक शिक्षाको विस्तार र स्थानीय बाल संरक्षण सेवाको उपलब्धताले बाल श्रम न्यूनीकरणमा सकारात्मक सहयोग पुग्ने अपेक्षा गरिएको छ।

राष्ट्रिय बाल अधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक मिलनराज धरेलका अनुसार सुदूरपश्चिम प्रदेशमा जोखिमपूर्ण काममा संलग्न बाल श्रमिकको सङ्ख्या ११ हजार छ। यो सङ्ख्या अरू प्रदेशको भन्दा कम हो।

बाल श्रम प्रतिवेदन, २०२१ अनुसार सुदूरपश्चिम प्रदेशमा सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा बाल श्रमिकको सङ्ख्या अधिक छ। प्रदेशको सहरी क्षेत्रमा ८२ हजार र ग्रामीण क्षेत्रमा ८९ हजार बाल श्रमिक छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu