व्यापार संघ कपिलवस्तुद्वारा शुभकामना आदानप्रदान
कपिलवस्तु- चेम्बर अफ कमर्श कपिलवस्तु र कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सेवा सहकारी संस्था लि. चन्द्रौटाको आयोजनामा चेम्बरको सभा हलमा नव वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको सम्पन्न भएको छ ।
कार्यक्रमलाई अन्तरक्रियात्मक बनाएर पछिल्लो समय देखिएको आर्थिक मन्दी, चन्द्रौटा बजारमा यस क्षेत्रका ग्राहक उपभोक्ता लाई किनमेल गर्ने वातावरण लगायतका विषयमा वक्तहरुले जोडदिएका थिए।
कार्यक्रममा विभिन्न विषयमा समिक्षा गर्दै आगामी दिनमा व्यापार सघं र उद्योग वाणिज्य संघले पत्रकार र उपभोक्ता सगं अन्तरक्रिया गरी सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको वक्तहरुले जोड दिएका थिए ।
कार्यक्रम चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष महादेव पोख्रेलको अध्यक्षता मानवअधिकार प्रतिस्ठानका जिल्ला अध्यक्ष विष्णुप्रसाद खतिवडाको प्रमुख आतिथ्यता, चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष तथा चेम्बर बहुउद्देश्यीय सेवा सहकारी संस्था सहकारी संस्था लि. का अध्यक्ष जगत पौडेलको स्वागत र कपिलवस्तु चेम्बरका महासचिव गोपाल बन्जाडेको सन्चालनमा सम्पन्न भएको थियो ।