Connect with us
Kapilvast Forest

बाढीपहिरोको जोखिममा बाउँली बस्ती

२०८०, ८ बैशाख शुक्रबारमा प्रकाशित

बाजुरा- बाजुराको बडिमालिका नगरपालिका ८ र ९ को राप्का बाउँली बस्ती बाढीपहिरोको जोखिममा परेका छन् । खोलाले बस्तीको दायाँतर्फको जमिन बर्सेनि कटान गर्दै गएपछि राप्का र बाउँली बस्ती बाढीपहिरोको जोखिममा परेका हुन् ।

स्थानीय तहले बस्ती स्थानान्तरणका लागि बस्तीको तथ्याङ्क सङ्कलन गरी जिल्ला विपत् व्यवस्थापन समितिलाई बुझाइ सकेको छ । तर त्यहाँबाट अहिलेसम्म कुनै जानकारी नआएको बडिमालिका नगरपालिकाका स्थानीय वीरबहादुर थापाले बताउनुभयो ।

बाढीपहिरोको जोखिममा रहेका बाजुराका झण्डै १५० भन्दाबढी बस्तीको तथ्याङ्क सङ्कलन गर्दै स्थानान्तरणका लागि गृहमन्त्रालयमा पठाएको तर अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रशासन कार्यालय बाजुरा जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu