९ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा
काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । बैंक सुपरिवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्ने बैंकलाई नगद जरीवाना सहित कारबाही गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकोले १० लाख रुपैयाँ नगद जरीवाना सहित कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकलेकर्जाको पुरानो फाइल समेत खोजेर आफ्नो पदको दुरुपयोग गरेको श्रेष्ठलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकले तत्कालीन एनसीसी बैंकलाई एकै समूहलाई एक भन्दा बढी सहुलियतपूर्ण कर्जा दिएको, आवश्यकता अनुसार प्रोभिजन नगरेको र कर्जाको प्रिमियम दरमा परिवर्तन गरेकोले सचेत गराएको छ ।स्तै नेपाल बैंकले गत साउनमा सीडी रेसियो कायम गर्न नसक्दा १८ लाख ५९ हजार ७५२ रुपैयाँ नगद जरीवाना गराएको छ ।
यस्तै नबील बैंकले साउन भदौ र असोजमा सीडी रेसियो उल्लंघन गर्दा ६ करोड ४६ लाख ४५ हजार ३३ रुपैयाँ नगद जरीवाना गरेको राष्ट्र बैंकले जनाएको छ ।हिमालयन बैंकले पनि ७१ लाख ७२ हजार ९५९ रुपैयाँ नगद जरीवान तिरेको छ । बैंकले पनि २०७९ भदौमा सीडी रेसियो तोकेअनुसार कायम गर्न नसक्दा राष्ट्र बैंकले कारबाही गरेको हो।