सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ७० प्रतिशत बुकिङ
काठमाडौ-उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले आयोजना हुन लागेको सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा ७० प्रतिशत बुकिङ भइसकेको छ ।
प्रदर्शनी आगामी बैशाख २२ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुँदैछ । प्रदर्शनीमा स्टल राख्न इच्छुक उद्योगीहरुले बैशाख १७ गतेसम्म बुकिङ गर्न सक्नेछन् ।
चितवनका उद्योगीहरुको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रा.लि र फुट्रेक्स् ट्रेड एण्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा बैशाख २२, २३ र २४ गते प्रदर्शनी आयोजना हुन लागेको हो ।