Connect with us
Kapilvast Forest

सांसदकै नेतृत्वमा विरोध प्रदर्शन

२०८०, १८ बैशाख सोमबारमा प्रकाशित

खोटाङ-सडक कालोपत्रे काममा ढिलासुस्ती भएको भन्दै ठेकेदारविरुद्ध सांसदको नेतृत्वमा चक्काजाम गरिएको छ। गाईघाट दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत खोटाङस्थित महुरे फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र पारेको भन्दै कोशी प्रदेश सभा सदस्य पाँचकर्ण राईको नेतृत्वमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीय बासिन्दाले आइतबार बिहान चक्काजाम गरेका हुन्।

काम गर्छु भनेर सधैँ ढाँटिरहने ठेकेदार सडक कालोपत्रेको काम अलपत्र पारेर हिँडेकाले विरोधमा चक्काजाम गर्नु परेको सांसद राईले बताउनुभयो। वैशाखभित्र निर्माण स्थलमा फर्किएर ठेकेदारले काम गर्न सुरु नगरे जेठको पहिलो हप्ताबाट आमहड्ताल गर्ने सांसद राईको चेतावनी छ।

दुई खण्डमा विभाजन गरेर कालोपत्रेको काम सुरु गरिएको महुरे फोक्सिङटार सडकखण्डको काम लामो समयदेखि अलपत्र छ। अलपत्र सडक कालोपत्रेको अवरुद्ध काम तत्काल सुचारु गराउनुपर्ने माग राख्दै सांसद राई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई वडाध्यक्षलगायत स्थानीय बासिन्दाले चक्का जाम गरेका हुन्। सगरमाथा राजमार्ग र मध्यपहाडी लोकमार्ग जोडिएको महुरेमा सांसद राईलगायतले सडकमै बसेर डेढ घण्टा चक्का जाम गरेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu