Connect with us
Kapilvast Forest

हिंसा पीडीत १० महिलालाई जुत्ता चप्पल बनाउने तालिम

२०८०, १९ बैशाख मंगलवारमा प्रकाशित

कपिलवस्तु नगरपालिकाले हिंसा पीडीत १० महिलालाई जुत्ता चप्पल बनाउने सिप विकास तालिम दिएको छ । तौलिहवा स्थित साथी संस्थाको महिला आश्रय गुहमा उनीहरुलाई महिलाले लाउने बिभिन्न किसिमा जुत्ता चप्पल बनाउने तालिम दिइएको हो ।

तालिम समापन समारोहममा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले हिंसा पीडीत महिलालाई सशक्त बनाउन यो तालिम दिइएको बताए । उनले तालिम पछि महिलाहरु अब आफै आयआर्जन गर्न सक्षम हुने उनले बताए । ‘ अब तालिम लिएका महिलाहरुले सिकेको सिपबाट आफै आयआर्जन गर्न समक्ष हुनेछन ’ उनले भने ।

तालिममा पत्रका महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य युएनएफपिएका जिल्ला संयोजक संजय शर्मा, नगरपालिकाकी शिला क्षेत्रीले समेत प्रमाण पत्र बितरण गरेका थिए । कार्यक्रमकै बिच तालिममा प्रयोग गरिएको जुत्ता सिलाउने २ मेशीन लगायतका सामाग्रीहरु समेत हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा प्रशिक्षिका आशा बिश्वकर्माले तामिलले अब महिलाहरु आफै आत्मनिर्भर हु्ने बाटो खुलेको बताईन। साथी सस्था महिला आश्रयगुहकी संयोजक बिमला पौडेलले महिला हिंसा पीडीतहरुलाई नगरपालिकाले सिप विकास तालिम दिएर सराहनीय काम गरेको बताईन । उनले यो कार्यले महिलाहरुमा हौसला थपेको उनले बताईन । तालिम बैशाख ४ देखि १८ गते सम्म चलेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu