Connect with us
Kapilvast Forest

सांसद मंगल गुप्तालाई मेयर शाहको चुनौति

२०८०, २३ बैशाख शनिबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले कृष्णनगर नगरपालिकालाई बदनाम गराउने काम भएको बताएका छन् । उनले संसद भवन जस्तो पवित्र स्थानमा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ताले कृष्णनगरमा भ्रष्टाचार प्रचूर मात्रामा बढ्दै गएको भनाइ निन्दनीय रहेको बताए ।

उनले नगरपालिकालाई वास्तविक आधारविना पूर्वाग्राही भएर नगरपालिकालाई बदनाम गराउन खोजिएको आरोप लगाए । प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ताले संसद भवनमा कृष्णनगर नगर कार्यपालिका कार्यालयमा “भ्रष्टाचार प्रचुर मात्रामा बढ्दै छ । अख्तियारमा दर्जनौँ उजुरी छ । अख्तियार दुरुपयोग आयोगले अनुगमन निरीक्षण गरेको छैन” भनि आफ्नो धारण राखेका थिए । यस भनाइप्रति कृष्णनगर नगरपालिकाको गम्भीर ध्यानार्षण भएको नगर प्रमुख शाहले बताए ।

नगर प्रमुख शाहले शुक्रबार कृष्णनगरमा पत्रकार सम्मेलन कार्यक्रममा यस्तो जानकारी गराएका हुन् । उनले कृष्णनगर भ्रष्टाचारको सन्दर्भमा शुन्य सहनशीलता आएको बताउँदै यस नगरपालिकामा कुनै पनि भ्रष्टाचार जन्य क्रियाकलाप नभएको दावी गरे ।

उनले भने “यदि कुनै जनप्रतिनिधि, कर्मचारी भ्रष्टाचार जस्तो क्रियाकलाप गरेको प्रमाणित भएको अवस्थामा कानुन बमोजिम कारवाहीको लागि जोडदार माग गर्दछौँ ।” नगरपालिका कार्यालयको कार्य पारदर्शितामा भएको जिकिर गरे । उनले कार्य सम्पादनमा कुनै मानवीय त्रुटि वा कमीकमजोरी भए आवश्यक सल्ल्लाह, सुझाव र नगरको विकासमा सहयोग गर्न सबैको कर्तव्य भएको बताए ।

राजनैतिक रुपमा फरक विचारधाराको आधारमा नगरपालिकालाई सांसद गुप्ताले गैरजिम्मेवार रुपामा नगरपालिकालाई बदनाम गर्ने नियतले टिप्पणी नगर्न आग्रह गर्दै भ्रष्टचारको प्रमाण भए २७ गते हुने सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमाणसहित पेश गर्न शाहले अनुरोधसमेत गरे । नगरपालिकाको चौतर्फी विकासमा सकारात्मक सहयोगको आपेक्षा गरेको उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu