Connect with us
Kapilvast Forest

केन्द्रीय सदस्य मियालाई बधाई तथा सम्मान

२०८०, २८ बैशाख बिहीबारमा प्रकाशित

चन्द्रौटा- नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित केन्द्रीय सदस्य एवम् चन्द्रौटा उद्योग वाणिज्य संघका सस्थापक अध्यक्ष जमसेर अलि मियालाई बधाई तथा सम्मान गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत्र २८ र२९ गते सम्पन्न भएको ५७ औँ वार्षिक निर्वाचनअधिवेशनबाट सर्वसम्मत रुपमा केन्द्रिय सदस्यमा र्विाचित मियालाई चन्द्रौटा उद्योग वाणिज्य संघले आज (विहिवार) एक कार्यक्रमका विच बधाई तथा सम्मान कार्यक्रम गरेको हो ।

बधाई तथा सम्मान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य मियाले चन्द्रौटा उद्योग वाण्ज्यि संघको सिफारीसमा सबैकोे साथ सहयोगले गर्दा नै आफू निर्विरोध विजय भएको बताउनु भयो । दोस्रो पटक केन्द्रिय सदस्यमा निर्वाचित मियाले देशभरका औद्यौगिक एवम ब्यापारीको हकहितको निम्ती आफु उम्त ठाउँमा पुगेको भएपनि यस क्षेत्रलाई अझ प्राथमिकतामा सारेर अगाडि बढ्रने बताउनु भयो ।

कार्यक्रममा शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारु ,चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य महादेव पोखरेल, ईलाका प्रशासन कार्यालय प्रमुख बाबुराम अर्याल , आन्तरिक राजश्व कार्यालय कृष्णनगर प्रमुख उद्दव प्रसाद न्यौपाने ,नेपाली काङ्ग्रेस शिवराज नगर सभापति मधुसुदन पोख्रेल , नेकपा एमाले शिवराज नगर अध्यक्ष जगत प्रसाद पौडेल ,
विभिन्न वडाका वडा अध्यक्षहरु ,राष्ट्रिय मानवअधिकार प्रतिष्ठान कपिलवस्तु सभापति बिष्णु प्रसाद खतिवडा, संजीवनी सामुदायिक अस्पताल अध्यक्ष टोपलाल पोखरेल , नेपाल मदिरा व्यावसायी संघ कपिलवस्तु अध्यक्ष कुलचन्द्र सिग्देल, होटल तथा रेष्टुरेन्ट व्यावसायी संघ जिल्ला अध्यक्ष लेखनाथ घर्ती लगायतले नवनिर्वाति मियालाई सफल कार्याकालको शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रम संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेको अध्यक्षता, महासचिव राजकुमार क्षेत्रीको संचालन तथा उपाध्यक्ष दमन प्रसाद भाट क्षेत्रीको स्वागत मन्तब्य सहित सम्पन्न भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu