Connect with us
Kapilvast Forest

नागरिकलाई अनागरिक बनाउनु जगन्घ अपराध: ज्ञवाली

२०८०, ४ जेष्ठ बिहीबारमा प्रकाशित

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भ्रष्टाचार र मानव बेचविखनको कोही पनि दोषी उम्कन नहुने बताउनुभएको छ । उहाँले कुनै व्यक्ति मन परेन भनेर जवरजस्ती तान्न खोज्ने या मेरो मान्छे परो भनेर संरक्षण गर्न खोज्ने कुनै पनि गतिविधिहरु स्वकार्य नहुने बताउनुभयो ।

प्रेस चौतारी कास्कीले बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उपहासचिव ज्ञवालीले आफ्ना नागरिकलाई अनागरिक बनाउनु जगन्य अपराध भएको बताउनुभएको हो ।

‘‘यो देशप्रतिको घात हो । यसमा संलग्न कसैलाई पनि उन्मुक्ति दिन सकिन्न । प्रहरीले गरेको अनुसन्धान निष्कर्षमा पुग्नको लागि सबै पक्षले आवश्यक सहयोग गर्न जरुरी छ ।’’ उहाँले भन्नुभयो ।

उहाँले नेपालमा अहिले भ्रष्टाचार डरलाग्दो रोगको रुपमा अगाडि आएको बताउनुभयो ।

‘‘यसले हाम्रो सिस्टमलाई कोल्याप्स गर्छ कि, विश्वास टुटाउँछ कि भन्ने स्थिति देखा परेको छ । यस्ता कुराले जनताप्रति असन्तुष्टी, आक्रोश देखा परेको छ । यसले समाज अराजकतिर जान सक्ने जोखिम देखिएको छ ।’’ ज्ञवालीले मुलुक जटिल मोडमा आएको प्रति चिन्तित बनेको व्यक्त गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा आएको र राजस्व लक्ष्यको आधामात्रै उठको सुनाउनुभयो ।

उहाँका अनुसार गत वर्षको तुलनामा १४ प्रतिशत राजस्व कम छ र पहिलो पटक राजस्वले सरकारको दैनिकी खर्च धान्न नसक्ने अवस्थामा मुलुक पुगेको छ ।

‘‘यस्तो स्थिति त कोरोना, नाकाबन्दीको समयमा पनि थिएन् । विकास निर्माण ठप्प छ । व्यवसायी हत्तोसाही बनेका छन् । यसबाट मुलुकलाई बचाउन पर्ने देखिएको छ,’’ उहाँले भन्नुभयो ।

उहाँले गठबन्धनको सरकारले मुलुकलाई ध्वस्त पार्ने काम गरेको आरोप लगाउनुभयो । गठबन्धनलाई सत्ता साधनको दोहनको माध्यम बनाउँदा त्यसको असर मुलुकमा परेको उहाँको भनाइ थियो । साथै, उहाँले एमाले पार्टी म्याराथनमा दौडिरहेको हुनाले कुनै लिगमा पछाडि पर्दैमा नआत्तिने जिकिर गर्नुभयो ।

‘‘हामी म्याराथनमा छौं । कुनै कुनै लेगमा पछाडि प¥यौं भने ठुलो कुरा ठान्दैनौं । किन हामी त ०६४ सालमा त्यो आँधीतुफान पनि व्यहोरेर आएका हौं । तत्कालिन माओवादीको २४० मध्ये १२० सिट, एमाले खुम्चिएर ३३ सिट । हाम्रा कतिपय नेताहरु एमालेको भविष्य छैन त्यही लगेर बिसाइदिउ भन्ने ठाउँमा हुँदाखेरि धुलो टकटक्याएर उठेका हौँ’’ उहाँले भन्नुभयो ।

copy_ gorkhapatra online

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu