होटल तथा पर्यटन ब्यवसायी संघको नगर सम्पर्क कार्यालय स्थापना
होटल तथा पर्यटन ब्यवसायी संघ कपिलवस्तु शिवराज नगर समितिको सम्पर्क कार्यालय स्थापना गरिएको छ । शिवराज नगरपालिकाको ३ स्थानमा सम्पर्क कार्यालय स्थापना गरिएको होटल तथा पर्यटन ब्यवसायी संघ कपिलवस्तु शिवराज नगर समिति अध्यक्ष नारायण भुसालले जानकारी दिनु भयो ।
शिवराज ५ चन्द्रौटामा रहेको होटल ओदान, होटल लक्जारी र शिवराज ३ खरेन्द्रपुरमा रहेको होटल अर्घाखाँचीमा सम्पर्क कार्यालय स्थापना गरिएको नगर अध्यक्ष भुसालले बताउनु भयो ।
होटल तथा पर्यटन ब्यवसायी संघमा आवद्ध भएका ब्यवसायीको हक अधिकारको लागि सम्पर्क कार्यालय स्थापन गरिएको हो । साथै नयाँ ब्यवसायीलाई जोड्दै लैजाने उदेश्यले सम्पर्क कार्यालय स्थापना गरिएको होटल तथा पर्यटन ब्यवसायी संघ शिवराज नगर सचिव नारायण प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।
होटल तथा पर्यटन ब्यवसायी संघमा शिवराजका २ दर्जन होटल ब्यवसायी आबद्ध रहेका छन ।