Connect with us
Kapilvast Forest

बानिया निर्माण सेवाद्धारा गैर कानुनी रुपमा वन क्षेत्र कब्जा, डम्पिङ्ग हटाउन माग

२०८०, ११ जेष्ठ बिहीबारमा प्रकाशित

खग प्रसाद चापागाई-
कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १ शान्तिपुर कपासी फच्कैयाका स्थानियले प्रदुषण बढेको र आवागमनमा समस्या भएको भन्दै ढुङ्गाको डम्पिङ्ग हटाउन माग गरेका छन । काँग्रेस नेता तथा बाग्मती प्रदेशसभाका सदस्य ईन्द्र बानिया अध्यक्ष रहेको बानिया निर्माण सेवा हेटौडाले बुद्धभुमी १ को सुर्योदय सामुदायिक वन क्षेत्र जोडेर सञ्चालन गरेको डम्पिङ्ग हटाउन माग गर्दै स्थानियले बिरोध जनाएका हुन । बिरोध कार्यमा सोहि स्थानमा रहेको रामेश्वर आधारभुत बिद्यालय फच्कैयाका बिद्यार्थी, शिक्षक, टोल सुधार समिति र स्थानिय सहभागी थिए ।

स्थानियले बैशाख १२ गते वडा नम्बर १ को कार्यालयमा निर्माण व्यवसायी कम्पनीले गरेको डम्पिङ्गले बातावरणीय प्रदुषण बढाएको, गैर कानुनी रुपमा वन क्षेत्र ओगटेको र पेट्रोल पम्प समेत सञ्चालन गरेकाले सो कार्यमा रोक्नका लागी पहल गरि दिन भन्दै निवेदन दिएका थिए । वडाले सो कार्य रोक्न कुनै पहल नगरेको आरोप लगाउदै स्थानिय बिरोधमा उत्रिएका हुन ।
डम्पिङ्गमा ढुङ्गा लिएर आउने सवारीका कारण आफुहरुलाई बिद्यालय आउन जान र सवारी साधनको हर्नका कारण पढ्न समेत समस्या परेको रामेश्वर आधारभुत बिद्यालय फच्कैयाकी कक्षा ५ मा अध्ययनरत बिद्यार्थी सृष्टि जिसीले गुनासो गरिन ।

बिद्यालयमा २ बर्ष देखी १० बर्ष सम्मका बालबालिक अध्ययनरत रहेको सोहि बिद्यालयका शिक्षक अपिल पोख्रेलले जानकारी दिए । डम्पिङ्गमा ढुङ्गा लिएर आउने र जाने ट्रक तथा टिप्पर द्रुत गतिमा चलाउनुका साथै बाटो नछोडेर बिद्यार्थीलाई समस्यामा पार्दै आएको उनको गुनासो छ । “प्रेस हर्नका कारण बिद्यालयमा बिद्यार्थीलाई पढाउने बातावरण नै भएन त्यसैले बिद्यालयका शिक्षक र बिद्यार्थी बिरोध जनाउन आएका हौं ।” उनले भने ।

बानिया निर्माण सेवाले बिगत ३ बर्ष यता सो स्थानमा ढुङ्गाको डम्पिङ्ग गर्दै आएको छ । अर्घाखाँचीको नरपानी बाट दैनिक सयौंको संख्यामा ट्रक र टिप्परले सो स्थानमा ढुङ्गा ल्याएर थुपार्ने गरेका छन । त्यहाँ थुपारेको ढुङ्गालाई सोहि संख्याको टिप्परले भैरहवा सहित अन्य स्थानमा पुर्याउने गरेका छन । जसका लागि वन क्षेत्रको बाटो निर्वाध रुपमा प्रयोग हुदै आएको छ । स्थानियले ढुङ्गाको डम्पिङ्ग सञ्चालनमा आउदा समस्यामा परेको गुनासो गर्दै आए पनि कुनै पनि निकायले आफ्नो गुनासो सम्बोधन नगरेको स्थानियको आरोप छ ।

ढुङ्गाको डम्पिङ्ग आवादी क्षेत्रमा भनिए पनि सुर्योदय सामुदायिक वनको प्लट नम्बर ४ को जग्गा समेत अतिक्रमण गरि सञ्चालन गरि स्थानियलाई समस्यामा पारिए पछि आफुहरु बिरोधमा उत्रिएको शान्तिपुर कपासी टोल सुधार समितीकी सचिव ईश्वरी मल्लले जानकारी दिईन । “यहाँ टिप्परका कारण स्थानियले यात्रामा जोखिम खेप्नु परेको छ । प्रदुषण उस्तै छ । त्यसैले बाध्य भएर बिरोधमा उत्रिएका छौं । हाम्रो माग ढुङ्गाको डम्पिङ्ग यहाँबाट हटाउनु पर्छ भन्ने हो ।” सचिव मल्लले भनिन । उता सोहि टोल बिकास समितीका अध्यक्ष सहितका केहि व्यक्तिले आफ्नो टिप्परहरु ढुङ्गा बोक्न प्रयोग गर्दै आएकाले निर्माण व्यवसायी पक्षको बचाउ गर्दै आएका छन ।

सामुदायिक वनको जग्गा ओगटेर ढुङ्गाको डम्पिङ्ग गरेको बिषयमा आफुले सो ढुङ्गाको डम्पिङ्ग हटाउन पटक पटक प्रयास गरे पनि वडाका जनप्रतिनिधीको सहयोग नपाएको सुर्योदय सामुदायिक वनका अध्यक्ष पदम बहादुर क्षेत्रीले गुनासो गरे ।

आफुहरुले आबादी क्षेत्र भाडामा लिएर ढुङ्गाको डम्पिङ्ग गरेको बानिया निर्माण सेवाका साईट ईन्चार्ज बलराज बनियाले दावी गरे । तर वन क्षेत्रको बाटो प्रयोग गर्दै आएको र सो का लागि कतै अनुमती नलिएको उनले स्विकार गरे । सो स्थानमा आबादी क्षेत्रमा ढुङ्गाको डम्पिङ्ग गरेको भन्ने जानकारी हुन आएको र वन क्षेत्र प्रयोग गरेको भए तत्कालै हटाईने डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख डिभिजन वन अधिकृत बिजय राज सुवेदीले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu