महासचिव विप्लव सीद्वारा प्रस्तुत दस्तावेजमाथि समुहगत छलफल सुरु
कपिलवस्तु- महासचिव विप्लव सीद्वारा प्रस्तुत दस्तावेजमाथि समुहगत छलफल सुरु कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालय शिबगढीमा सुरु भएको नेपाल कम्युनिष्ट पार्टीको नवौँ केन्द्रीय समितिको एकताको बिशेष बैठकमा महासचिव विप्लव सी ले प्रस्तुत गरेको ‘क्रान्तिकारी बिचको एकतालाई अगाडि बढाऊ,एकीकृत जनक्रान्तिलाई सुदृढ गरौँ ‘ दस्तावेजमाथि समुहगत छलफल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी , कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी पार्टी र लक्ष्मण वर्देवा नेतृत्वको श्रमिक जनता पार्टीबिच एकता प्रक्रिया सम्पन्न भए पछि बसेको यो बैठकलाई एकताको बैठकको रूपमा लिइएको छ ।
आज बिहान अन्तरास्ट्रिय गित गाउदै शुरु भएको बैठकमा गत बैशाखमा एकता गरिएका माओवादी समाजवादी र श्रमिक जनता पार्टीसहितको एकता प्रक्रियालाई सबै केन्द्रिय सदस्यहरुले जोडदार तालि बजाएर खुशीयाली मनाएका थिए ।
राजनीति , संगठन, आर्थिक , सास्कृतिक, सुचना सञ्चार र विविध गरि १० ओटा एजेन्डा प्रस्तुत गरिएको बैठकमा महासचिव विप्लवद्वारा प्रस्तुत लिखित प्रस्तावमाथी समुहगत रूपमा छलफल गर्न १० ओटा ग्रुपमा बिभाजन गरिएको छ भने प्रस्तावमा देशको समसामयिक परिस्थिति , आर्थिक- राजनीतिक संकट , नेकपाको ऐतिहासिक कार्यभार र पहलकदमी, आजको अन्तरास्ट्रिय अन्तरबिरोधको स्थिति ,नेपालमा कम्युनिस्ट , माओवादी, देशभक्त र लोकतान्त्रिक शक्तिहरुको ध्रुवीकरणको अपरिहार्यताका बिषयमा पार्टी दृस्टीकोण प्रस्तुत गरिएको बताइएको छ भने बैठक आगामी १३ गतेसम्म जारी रहने छ।