स्थानीय सरकार सुतेको छ : रवि ठाकुर
लुम्बिनी- पछाडि पारिएका समुदायको अधिकार रक्षाका लागि सबै मिलेर लाग्नुपर्ने सामाजिक अभियानकर्ता रबि ठाकुरले बताएका छन् । , उनले लैङ्गिक समानता तथा सामाजिक समाबेशी नीति समेत बन्न नसकेको अवस्था र मानव अधिकार समिति गठन नभएको स्थानीयतहलाइ दबाब दिन आग्रह गरेका हुन ।
दाङ्गको लमहीमा आयोजित दलित तथा आदिबासी जनजाती गैरसरकारी संस्थाहरुको क्षमता अभिबृद्धि सम्बन्धि तालिमको समापन कार्यक्रममा बोल्दै अभियानकर्ता ठाकुरले भने, “स्थानीयतह सुतेको अवस्था छ, तपाइहरुले जगाउनुपर्ने बेला आएको छ ।” उनले जनसंख्याको अनुपातमा बजेट बिनियोजन गर्न दबाब दिन आग्रह गरे ।
कार्यक्रममा सामाजिक अभियान्ता तथा दलित अधिकार मंचका निर्मल नेपालीले सम्बिधान कार्यान्वयन, जातीय भेदभाव तथा छूवाछूत बिरुद्धको अभियानमा लाग्न आग्रह गरे । उनले तालिममा अधिकतम दाङ्गकै स्थानीय श्रोत र शाधन प्रयोग गरिएको भन्दै आयोजकलाइ धन्यवाद ब्यक्त गरे ।
प्रादेशिक दलित तथा आदिवासी जनजाती गैरसरकारी संस्थाहरुको क्षमता अभबिृद्धिका लागि दुइदिने तालिमको समापन कार्यक्रममा बोल्दै लिडरशिप एकेडेमिक नेपाल (लान)का सिनियर प्रोग्राम म्यानेजर प्रभाकर प्रधानले दलित तथा आदिवासी जनजातीको पहिचान र अधिकारका क्षेत्रमा लुम्बिनी प्रदेशमा कार्यरत संघसंस्थाहरुको क्षमता अभिबृद्धिका लागि तालिमको आयोजना गरिएको बताए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका सिनियर प्रोग्राम म्यानेजर प्रधानले दुइदिने तालिमका क्रममा सहभागीहरुमा प्रोजेक्ट प्लानिंग, इम्प्लीमेन्टेशन, फाइनेन्सियल मैनेजमेन्ट, नेतृत्व बिकास र वकालत क्षमतामा बृद्धिहुने विश्वास ब्यक्त गरे । सो तालिममा लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने १८ संघसंस्थाका २७ जनाको सहभागिता रहेको थियो ।