लालपुरमा वनको प्रतिनिधि चयनमा विवाद
न्युज सेन्टर नेपाल- कपिलवस्तु साझेदारी वन ब्यवस्थापन समितिको प्रतिनिधि चयनमा विबाद भएको छ ।
जिल्लाको शिवराज नगरपालिका १० लालपुरका रविदत्त मिश्रले समिती गठनमा एकलौटी गरेको स्थानीयले आरोप लगाएका छन । धधली गरेपछि स्थानीयले मिश्रको घर घेराउ गरेको स्थानीयले बताएका थिए ।
विबाद भएपछि एकलौटी आफ्नो मान्छेको नाम समाबेश गरेकाले विबाद भएको स्थानीयले आरोप लगाएका हुन ।
कार्यक्रम भएको हलमा बस्ने ब्यवस्थापन नभए पछि केही सहभागीहरु बहिरिएका थिए । हल बहिरा उभिएरका सहभागीहरुलाई समाबेश गर्न खोज्दा बिबाद भएको स्थानिय बालजी यादवले बताउनु भयो ।
एकपक्षको मात्र नाम समाबेश गरेपछि विबादले उग्ररूप लिएको थियो । विबाद बढेपछि प्रहरी बोलाइएको थियो ।
समिती गठन कार्य स्थगित गरिएको कपिलवस्तु साझेदार वन समितिले जनाएको छ ।
लालपुरमा भएको विबादको बारेमा रविदत्त मिश्रले कुनै प्रतिक्रिया नदिएको पाइएको छ । कपिलवस्तु साझेदारी बन ब्यवस्थापन समितिले गठन गर्न लागेको समिती बिबादित हुँदै आएको छ ।
कपिलवस्तु साझेदारी बन समितिले रविदत्त मिश्रको घर घेराउ नभएको कार्यक्रम स्थल नारी शिल्प केन्द्रमा विवाद भएको जनाएको छ । कार्यक्रममा सहभागी भएकाविच आरोपप्रत्यारोप हुदा कार्यक्रममा बिबाद बढेको समितिले जनाएको छ ।
कृष्णनगर नगरपालिका ६, शिवराज नगरपालिका ३, ४ यसअधि विबाद हुदा समिती गठन प्रक्रिया स्थागन गरिएको सहायक बन अधिकृत एजाज अन्सारीले बताउनु भयो ।
विबादको भिडियो- https://fb.watch/kWBMLgiokr/?mibextid=Nif5oz