Connect with us
Kapilvast Forest

कपिलवस्तु विजयनगरको पहुँच मार्ग अलपत्र, ठेकेदार एक बर्षदेखि सम्पर्क विहिन

२०८०, ३ असार आईतवारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तुको विजयनगर गाउँपालिका जोड्ने पहुच मार्ग निर्माणकार्य अलपत्र भएको छ । लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वधार विकास मन्त्रालय, निर्देशनालय सडक पुर्वाधार विकास कार्यालयको बजेटमा पहुँच मार्ग निर्माण हुन लागेको थियो ।

आर्थिक बर्ष २०७७/०७८ मा विनियोजन गरिएको विकास निर्माणको काम अलपत्र हुदा सम्बन्धि निकाय मौन बसेको छ । उक्त सडक २०७७ मंसिर १० गते रु ७ करोड ४३ लाख २ हजार ९ सय ४१ को लागतमा निर्माणकार्य सुरु भएको थियो ।

जलजला निर्माण सेवा प्राली ठेक्का लिएको पहुच मार्ग १ बर्ष देखि अलपत्र अवस्थामा रहेको छ । २०७९ जेठ १० गते भित्र निर्माणकार्य सम्पन्न भइसक्नु पर्ने उक्त योजना अलपत्र अवस्थामा रहेको छ ।

उक्त सडक विजयनगर गाउँपलिकाको फरेनी चौक देखि बद्धौर उज्ज्वलपुर छुटपाटी डालपुर नयाँ बस्ती हुँदै कटुवा चौक हुलाकी बाटो छुने बिजयनगरको महत्वकांक्षी योजना रहेको स्थानीयले बताएका छन ।

सडक निर्माणकार्यका लागि भौतिक पुर्वाधार मन्त्रालय र ठेकेदार पक्ष सम्पर्क विहिन भएको स्थानीय गौतम यादवले बताउनु भयो । पहुँच मार्ग निर्माणका लागि स्थानीय सरकार समेत मौन बसेको स्थानीयले आरोप लगाएका छ्न ।

विजयनगर गाउँपालिकाको अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी चौधरी र वडाध्यक्षहरुले सडक निर्माणकार्यमा चासो नदिएको स्थानीयले बताएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj