Connect with us
Kapilvast Forest

३ वर्षमा नेपालले गर्नेछ ५९ खर्ब बजेट खर्च, विकासमा साढे १२ खर्ब

२०८०, ३ असार आईतवारमा प्रकाशित

फाइल तस्बिर

आगामी तीन वर्षमा नेपालले ५९ खर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गर्ने भएको छ । मध्यमकालीन खर्च संरचनाको प्रक्षेपण अनुसार आर्थिक वर्ष (आव) २०८२/८३ सम्म नेपालले कुल ५८ खर्ब ९९ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गर्नेछ ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ कारेड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा बजेट साढे १९ खर्बको हुने छ । यसआवमा नेपाल सरकारको बजेट १९ खर्ब ४९ अर्ब ५० करोड रुपैयाँ बराबर हुने प्रक्षेपण मध्यमकालीन खर्च संरचनाले गरेको छ । प्रक्षेपण अनुसार यसपछिको आव २०८२/८३ मा नेपालको बजेट २१ खर्ब ९८ अर्ब ५० करोड पुग्ने छ ।

आगामी तीन वर्ष भित्र नेपालले विकास बजेट साढे १० खर्ब रुपैयाँ बराबर गर्ने प्रक्षेपण मध्यमकालीन खर्च संरचनाको अनुमान छ । सरकारले आगामी आव २०८०/८१ मा ३ खर्ब ६५ अर्ब ४९ करोड रुपैयाँ पूँजीगत बजेट खर्चको अनुमानसहित बजेट सार्वजनिक गरेको छ । त्यसपछिको दुई आवमा क्रमशः ४ खर्ब २७ अर्ब ५८ करोड र ४ खर्ब ७४ अर्ब २५ करोड रुपैयाँ पूँजीगत बजेट खर्च हुनेछ ।

आगामी आवमा १० खर्ब ७८ अर्ब ३६ करोड रुपैयाँ चालु बजेट खर्चको लक्ष्य राखेको सरकारले त्यसपछिका दुई आवमा भने क्रमशः ११ खर्ब ८१ अर्ब ८१ करोड र १३ खर्ब ३८ अर्ब ६२ करोड रुपैयाँ चालु खर्च गर्ने छ । वित्तीय व्यवस्थामा आगामी आवमा सरकारले ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ बजेट खर्च गर्नेछ । त्यसपछिको दुई आवमा क्रमशः ३ खर्ब ४० अर्ब र ३ खर्ब ८५ अर्ब ६१ करोड रुपैयाँ बजेट खर्च हुने प्रक्षेपण मध्यमकालीन खर्च गर्नेछ ।

यो बजेट खर्चबाट तेस्रो वर्षमा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । चालु आवमा २.१६ प्रतिशतको मात्र आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu