जन्मदर्ता बनाउन सकारात्मक पहल
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले वडाध्यक्ष र वडा सचिवको सकारात्मक पहलले दलित बालबलिकाहरुलाई जन्मदर्ताबाट वञ्चित हुन नपरेको बताउनुभयो।
नागरिकता नभएकालाई जन्मदार्ता बनाई विद्यालय भर्ना गराउने तथा सेवा सुविधाबाट वञ्चित भएका दलित समुदायको बस्तीमै गएर काम गरिरहेका पिस बिल्डिङग इनेसिएटिभ (एनपिआई) संस्थाको अगुवाई लहानमा सरोकारवालाहरुको उपस्थितिमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
मधेश प्रदेशको मुसहर र डुम समुदायमा अझैपनि नागरिकता र जन्मदर्ता नपाएको अवस्था छ । नागरिकता र जन्मदर्ता दिलाउन वडा कार्यलय र जिल्ला प्रशासन लगायतका निकायहरु सकारात्मक पहल गरिदिन अध्यक्ष विश्कर्माले आग्रह गर्नुभयो ।