Connect with us
Kapilvast Forest

उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनैपर्छ : उपनेता नेम्वाङ

२०७६, २१ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं ।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

‘संविधानमा नै सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था गरेको छ। जसका लागि उपसभामुखले राजीनामा दिनुपर्छ’ संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले बिहीबार काठमाडौंमा भने, ‘नेकपाले सभामुख पद लिनका लागि उपसभामुखले राजीनामा गर्नुपर्छ।’ संसदमा नेकपाको झन्डै दुईतिहाइ बहुमत भएको अवस्थामा संसदको नेतृत्व सभामुखको पद अर्को पार्टीलाई दिन नसकिने पनि उपनेता नेम्वाङले बताए।

उपसभामुख तुम्बाहाम्फेले संसदको हिउँदे अधिवेशन बोलाउनु पहिले नै राजीनामा गर्नुपर्ने नेम्वाङले बताए। उपसभामुखले सभामुखलाई सम्बोधन गरेर राजीनामा दिएर अधिवेशन आह्‍वान भएर नयाँ सभामुख निर्वाचित नहुँदासम्म संसद बैठक ज्येष्ठ सदस्यले चलाउने उनले जानकारी दिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu